आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन

काठमाडौँ । आज (बुधबार) देखि अस्पतालका नियमित सेवा सञ्चालन भएका छन्।

नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललगायत देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन्।

वीर अस्पतालका निर्देशक प्राडा दीलिप शर्माले आजदेखि बहिरंग विभागको साथै सबै सेवा सुचारु गरिएको बताए। ‘सरकार र चिकित्सकबीच सहमति भएपछि आजदेखि हामीले नियमित सबै सेवा सुरु गरेका छौँ,’ उनले भने।

चिकित्सकका कारण सोमबार र मंगलबार आकस्मिक सेवा बाहेकका सबै सेवा अस्पतालमा बन्द गरिएको थियो। सेवा ठप्प भएपछि बिरामीले उपचार गर्न पाएका थिएनन्।

उपभोक्ता अदालतले उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै क्षतिपूर्ति भराउने निर्णय गरेपछि चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *