काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीबाट निकालेको छ । खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालेको हो ।
गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कामाथि कारबाही गरिएको हो ।
उनीविरुद्ध गण्डकीका सांसद एवं सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको उजुरीमा कारबाही भएको हो ।
