रवि लामिछाने भिजिट भिसा वा के भिसामा अमेरिका जानुभएको थियो, जानकारी गराईदिन आग्रह गर्दछु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने अमेरिका के भिसामा गएको हो भनेर सोधेका छन् । उनले लामिछाने भिजिट भिसा वा के भिसामा अमेरिका गएको हो भनेर सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो सोधेका हुन् ।

उनले भने,‘मैले एउटा कुरा सुनेको छु, जान्नेहरुलाई थाहा होला र मलाई पनि जानकारी होला भनेर उठाएको हुँ, त्यो विषय के हो भने माननीय रवि लामिछानेजी, जो यो सम्मानित सदनको सदस्यपनि रहनुभएको थियो, अहिले बेग्लै परिस्थिति छ, उहाँ कुनै समय भिजिटरकै रुपमा संयुक्त राज्य अमेरिका भ्रमणमा जानुभएको थियो अरे भनेर सुनेको छु, भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा हो । एक किसिमको भिजिट भिसा नै हो । मैले जान्न खोजेको के हो भने उहाँ भिजिटरको रुपमा उहाँ अमेरिका जानुभएको हो कि होईन ? उहाँ यदि भिजिटर भिसामा अमेरिका नगएको हो भने के भिसामा जानुभएको हो ? मैले सोध्न चाहें । यदि भिजिट भिसामा नै जानुभएको हो भने त्यहाँ बसेर नागरिकता लिन पाईन्छ कि पाईँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होईन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताको कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनुहुन्छ कि हुँदैन ? नैतिकताको अपेक्षा अरुबाट गर्ने हो कि आफ्नैबाट प्रारम्भ गर्ने ? साथीहरुले अलिक बढि नै गर्नुभएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *