रोशन कार्की राप्रपा अनुशासन समितिको अध्यक्षमा मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनित गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

यसैगरी अध्यक्ष लिङ्देनले प्रवक्ता सगुन सुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *