विषालु च्याउ खाँदा तीन जना बिरामी

काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन्।

बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन्।

बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन्।

सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको बताइएको छ। बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *