पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

वालिङ (स्याङ्जा) । स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे–हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुङ्गासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवर ९राजु०ले जानकारी दिए ।

पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन् । वर्षा भइरहेको र सडकमाथिबाट ढुङ्गासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ । सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए ।

सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ–ढिकीडाँडा–तमादी सडक प्रयोग गर्न पनि उनले सुझाव दिएका छन् । भुम्रे–हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे–हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *