काठमाडौं। नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ। मंगलबार भएको वार्तापछि सहमति भएको हो।
सहमतिसँगै आजै (मंगलबार)बाट सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको र स्वास्थ्य सेवा सुचारु भएका छन्।
स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा नेपाल चिकित्सक संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी थिए।
उपभोक्ता अदालत चिकित्सक र स्वास्थ्य संस्थालाई ठुलो रकम तिराउने फैसलाको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।
