काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई चुनौति दिएकी छन् । प्रधानमन्त्री ओलीको स्पेन भ्रमणका क्रममा गएका केही मान्छे उतै बसेको भनी रेनुले अफवाह फैलाएको आरोप छ । उक्त आरोपको खण्डण गर्दै रेनुले आफूले भनेको पुष्टि गर्न चुनौति दिएकी छन् ।
‘तथ्यहिन समाचार संप्रेषण गरिएकोमा आपत्तिसहित गम्भीर ध्यानाकर्षण भएको छ। मेयर (रेनु दाहाल) को सचिबालय बाट आधिकारिक ढंगले अफबाह फैलाएको पुष्टि गर्न चुनौती दिन चाहन्छु। बरू प्रधानमन्त्रीको सचिबालयले सत्य तथ्य बुझेर मात्र समाचार संप्रेषण गर्न अनुरोध गर्दछु।र ब्यक्ति बिशेषका कुरा लिएर अनाबश्यक सचिवालयसंग नजोड्न र स्वयम् संबन्धित ब्यक्ति नै जिम्मेवार रहने कुराको समेत ध्यानआकर्षण गर्दछु,’– उनले भनेकी छन् ।
