प्रधानमन्त्री ओली बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न रसुवा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जाने भएका छन् ।

सोमबार राति रसुवाको भोटेकोशीमा आएको बाढीलेका कारण ठूलोमात्रामा धनजनको क्षति भएको छ । उक्त क्षेत्रको अवलोकनमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेललगायतको टोली प्रभावित क्षेत्रको अनुगमनमा लान लागेको हो ।

बाढीग्रस्त क्षेत्र अवलोकनका लागि तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *