सर्वोच्चका नवनियुक्त तीन न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ३ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नवनियुक्त न्यायाधीशत्रय मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनीहरुलाई न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेका थिए ।शपथग्रहणपश्चात आजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हालेका छन् ।

यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथग्रहण गराए । परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *