एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

आजको सचिवालय बैठकमा पार्टी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीको बारेमा निर्णय हुने बताइएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचार मुद्दाको बारेमा नेतृ झाँक्रीले दिएको अभिव्यक्ति विवादित बनेको छ ।

झाँक्रीले अध्यक्ष नेपालाई मरेको सिनोको संज्ञा दिँदै काधमा हालेर हिड्न नसकिने बताएकी थिईन् । उनले अर्ली महाधिवेशन गरेर अध्यक्ष चयन गरिनुपर्ने धारणा राखेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *