केरुङ र लेन्दे खोलामा भीषण बाढीः मितेरी पुल बगायो, रसुवागढी जलविद्युत आयोजनामा क्षति

रसुवा। केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्‍याएको छ। यसैगरी करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ।

भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ। रसुवागढीस्थित चीनतर्फ जोड्ने मितेरी पुललाई बगाएको छ।

यसैबीच स्थानीय प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *