डानस आँधीका कारण ताइवानमा दुई जनाको मृत्यु, सयौँ घाइते

ताईपेई (ताएवान) । सोमबार ताइवानको पश्चिमी तटमा आँधी आउँदा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको र करिब चार लाख घरपरिवार बिजुली विहीन भएको अधिकारीहरूले बताएका छन् ।

डानस नाम दिइएको आँधी दक्षिणपश्चिम ताइवानमा २२२ किलोमिटर प्रति घण्टा सम्मको विनाशकारी गतिमा अवतरण गरेको केन्द्रीय मौसम विज्ञान विज्ञागले जनाएको छ ।

चियाई काउन्टीमा आँधीले पहिलो पटक अवतरण गरेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् ।

आँधी रातिको समयमा ताइवानको पश्चिमी तट नजिकै उत्तरतर्फ अघि बढी सोमबार ताइवानबाट बाहिरिको भएपनि भारी वर्षा जारी रहको जनाइएको छ । राष्ट्रिय दमकल निकाय (सेवा) का अनुसार आँधीका कारण कम्तीमा ४९१ जना घाइते भएका छन् ।

आँधीका कारण ताइवानमा बिजुली कटौती भएको छ र यसले करिब पाँच लाख घरपरिवारलाई असर गरेको छ ।डानासले सप्ताहन्तमा दक्षिणी ताइवानमा ५०० मिलिमिटर भन्दा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

आँधीका कारण करिब तीन हजार ५०० मानिसहरूलाई उनीहरूको घरबाट सुरक्षित स्थान तर्फ पठाएको अग्निनियन्त्रक अधिकारहरूले बताएका छन् । सोमबार ताइवानका लागि र त्यहाँबाट हुने तय भएका ३३ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका जनाइएको छ ।

ताइवानमा जुलाईदेखि अक्टोबरसम्म बारम्बार उष्णकटिबन्धीय मौसमी प्रभावका कारण आँधीबेहरी आउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *