काठमाण्डौं । विचारले एकै ठाउँ भैसकेका दोलखा तामाकोशी पलिकाका घण्टी समर्थक नागरिक र राष्ट्रिय स्वतन्त्र पार्टी अब संगठनात्मक रुपमा पनि एकै छातामुनी गोलबन्ध भएका छन । असार २१ ग्ते राजधानीमा सम्पन्न उपत्यका विशेष भेलाले रास्वपाको पार्टी सम्पर्क सन्जाल दोलखाको तामाकाशीसम्म बिस्तार गरेको छ । भेलाका प्रमुख अतिथि रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल हुनुहुन्थ्यो ।
कार्यवाहक सभनपति अर्यालको प्रमुख आतिथ्यतामा राजधानीमा उपलव्ध दोलखा तामाकोशी गाउँपालिकाकाका घण्टी समर्थक जागरुक नागरिकले दोलखा जिल्ला गाउँपालिका कार्यसमिति गठन गरेका छन । जस अन्तर्गत तामाकोशी गाउँपालिकाले नयाँ कार्यसमिति पाएको छ। उक्त कार्यसमितिमा सभापतिमा रविन्द्र कटवाल रहेका छन ।
यस्तै,उपसभापतिमा सन्तोष खड्का र सचिवमा दीपक चौलागाईं रहेका छन । यस्ैगरी सहसचिवमा उद्धव खड्का, कोषाध्यक्षमा देवी कार्की चयन भएका छन ।
यस्तै, सदस्यहरुमा कुमार भट्टराई, गोपाल फुयाल, अश्विन कटुवाल, मनोज सुवेदी, कृष्ण खत्री र गीता चौलागाईं रहेका छन ।
पदाधिकारी लगायतका नौ जनाको कार्यसमिति बहुमतले गठन भएको छ। समितिले चाडैं पार्टीको उदेश्य अनुसार काम अघि बढाउने जनाएको छ । रास्वपाले आक्रामक संगठन बिस्तार अभियान चलाएको बेला दोलखामा पनि संगठन पालिकास्तरसम्म बढाएको जनाएको छ ।
