एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या आएपछि आजको बैठक स्थगित गरिएको बताइएको छ । अब अर्को बैठक असार २२ गते बस्ने बताइएको छ ।

समाजवादीको आजको बैठकमा पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो विषय राख्नको लागि समय माग गरेकी थिईन् । झाँक्रीले पार्टीको भातृ संगठन युवा संघको कार्यक्रममा नेतृत्वबारे बोलेको कुरामा उनी विवादित भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *