‘कुलिङ पिरियड’ हेरफेरबारे हामीले जिब्रो चपाएका छैनौँ : प्रवक्ता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे आफू मौन नबसेको दाबी गरेका छन् ।

सत्ता घटक एमालेकै सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरिरहेको बेला प्रमुख प्रतिपक्ष दल माओवादी मौन बसेको आरोप लागिरहेको छ । यसमा पार्टीले कुनै जिब्रो नचपाएको र गम्भीर अध्ययन तथा अनुसन्धान भइरहेको उनले दाबी गरे । 

‘यसमा हामी प्रस्ट छौँ । कुनै जिब्रो चपाएका छैनौँ । यो राष्ट्रिय लज्जाको विषय हो । यसको नेतृत्व सङ्घीय संसद्को नेतृत्वले लिनुपर्छ । प्रमुख प्रतिपक्ष दल भएको हुनाले गम्भीर रूपमा अध्ययन र अनुसन्धान गरिरहेका छौँ । यसलाई सामान्य रूपमा लिएका छैनौँ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *