आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र लेखेकी छन् । पूर्वराष्ट्रपतिको हैसियतमा उनले सरकारी सेवा सुविधा लिँदै आएको थिईन् ।

सक्रिय राजनीतिमा फर्किन भण्डारीले नेकपा (एमाले) का सदस्यता नवीकरण गरेकी छिन् । दलको राजनीतिमा फर्किने निर्णयसँगै उनले सबै सेवा सुविधा फिर्ता गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *