काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपति नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *