पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा एमालेको सदस्यता नवीकरण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । आज ७४औं मदन स्मृति दिवसको सन्दर्भमा आयोजित ‘जबजका तीन दशक’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको बताएकी हुन् ।

‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यको साथ मैले पार्टी सदस्यता नविकरण गरेको छु । अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु,’– उनले भनिन् ।

उनले आफ्नो कुनै विशिष्ट आकांक्षा नरहेको, देश र जनताको हित आफ्नो लक्ष्य रहेको बताईन् । उनले मदन भण्डारीले जनता भनेको भगवान हुन् भन्ने गरेको पनि स्मरण गरिन् । उनले मदन भण्डारीले राजनीतिमा थकाइ भन्ने शब्द नहुने पनि भन्ने गरेको स्मरण गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *