चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमा नै पार्टीको महाधिवेशन हुने बताएका छन्।
बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन्। सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबिरुद्ध झुटा आरोप लगाउने प्रयास भएको उल्लेख गरे।
उनले कांग्रेस र एमाले फरक फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताए।
सभापति देउवाले काग्रेसको आग्रह पछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रुपमा लिन आग्रह समेत गरे। कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा लगाएतका नेता चितवन पुगेका हुन्।
