सामाजिक सञ्जालमार्फत ठगी गरेको र क्रिप्टो कारोबार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमाफर्त ठगी गरेको र अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका– ५ घर भई कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने वर्ष १९ को समिर तामाङ र काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने वर्ष १९ को क्रिस पोखरेल रहेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत २३ लाख १५ हजार रुपैयाँ रकम ठगी गर्ने तथा १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको अभौतिक मुद्रा कारोबार गर्ने कार्य गरेको प्रहरीले बताएको छ ।

काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *