रास्वपाको महामन्त्रीमा दाबी गर्दै मुकुल ढकालले दायर गरेको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुने भएको छ। ढकालको उक्त रिट निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई हुने भएको हो ।

ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई विपक्षी बनाएका छन् । उनले हिजो (बुधबार) मात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । ढकालले आफूलाई रास्वपाका महामन्त्रीको रुपमा कामकारबाही गर्न उत्प्रेषणको आदेश माग गरेका हुन् ।

ढकाललाई भने पार्टीले यसअघि नै निश्काषन गरिसकेको छ । अहिले रास्वपाको महामन्त्रीको जिम्मेवारीमा कबिन्द्र बुर्लाकोटी छन् । यस्तै, प्रवक्ताको जिम्मेवारीमा भने मनिष झाले काम गरिरहेका छन् । पार्टीले गरेको निर्णय निर्वाचन आयोगले अद्यावधिक नगरेको विषयमा भने रास्वपाको नेतृत्व पँक्ति आश्चर्यमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *