काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक–२०८२ पारित भएको छ । प्रतिनिधिसभामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
पारित हुनुअघि विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ र्दिएका थिए ।
