सरकार विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणमा लागेको छ, खेल खेल्ने फुर्सद छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास निर्माण, सुशासन र विकास निर्माणको काममा लागिरहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभालाई सम्बोधन गर्र्दै उनले सरकारलाई अन्य खेल खेल्न फुर्सद नरहेको बताए ।

उनले विभिन्न संवैधानिक संस्थाहरुलाई प्रयोग गरिएको बारेमा उठेको प्रश्नको जवाफ दिँदै भने, ‘यस्ता संस्थाहरुलाई दुरुपयोग गर्न खोजियो, यस्ता संस्थाहरुलाई यसको पक्षमा, यसको विपक्षमा प्रयोग गर्न खोजियो’ जस्ताखालका राजनीतिक ढंगले खेल खेल्ने कुराहरु पनि सुनिन्छन् । त्यस्ता कुराहरुको कुनै भ्रममा नपर्न म माननीयज्यूहरुलाई आग्रह गर्न चाहन्छु । त्यस्ता खालका खेल सरकारले खेल्दैन । सरकार विकास निर्माणको काममा लागेको छ, सुशासनको काममा लागेको छ, भ्रष्टाचार नियन्त्रणको काममा लागेको छ । यस्ता खालका खेल खेल्ने कामका लागि सरकारलाई फुर्सद पनि छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *