अपवादबाहेक तीन करोडभन्दा कम बजेट विनियोजन भएको छैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपवादबाहेक तीन करोडभन्दा कम बजेट विनियोजन नगरिएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘केही अपवादबाहेक यस पटक सरकारले बहुत स्पष्टसँग संविधानको अधिकारको सूची, कार्यविस्तृतीकरण प्रतिवेदन, आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमालाई पालना गर्ने दृढता व्यक्त गरेको हो । बजेट मूलभूत रुपमा त्यसैगरी नै प्रस्तुत भएको म निवेदन गर्न चाहन्छु,’– उनले भने ।

तीन करोडभन्दा कम विनियोजन हुँदा सम्पन्न हुने क्रमागत आयोजना, भुक्तानी दायित्व बाँकी रहेका आयोजना र संघीय सरकारको मात्र एकल अधिकारको क्षेत्र रहेको र तीन करोडभन्दा कम विनियोजन हुँदा सम्पन्न हुने आयोजनाहरुमा तीन करोडभन्दा कम बजेट विनियोजन भएको हुनसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *