६१ केजी सुन तस्करी प्रकरणः अमला रोकासँग अदालतले माग्यो धरौटी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६१ केजी सुन प्रकरणकी प्रतिवादी अमला रोकासँग धरौटी माग गरेको छ ।जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहसपछि अमलालाई अदालतले धरौटी माग गरेको हो ।

उनलाई हिजो सरकारी वकिलसमक्ष पेश गरिएको थियो । सरकारी वकिलसँगको बयानपछि उनलाई हिजो नै अदालतमा पेश गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको थियो । रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो । अमला उक्त सुन तस्करीमा मुछिएको बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् ।

गत २०८० साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ६१ किलो सुन बरामद गरेको थियो । अमलाको राजनीतिक निकटता नेकपा (माओवादी केन्द्र) सँग रहेको बताइन्छ । ठमेलमा रहेको होटेल भियना अमलाको नाममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *