तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । अमेरिकाले इरान भित्रका आणविक स्थलहरूमा बम खसालेपछि यो बधाई आएको हो ।
नेतान्याहूले भने, ‘धन्यवाद राष्ट्रपति ट्रम्प, तपाईंले इरान भित्रका आणविक स्थलहरूमा आक्रमण गर्ने कडा कदम चाल्नुभएको छ। यसले इतिहास बदल्नेछ ।’ अमेरिकाले इरानलाई आणविक हतियार बनाउनबाट रोकेको उनलको भनाइ छ ।
इजरायलले ‘अपरेशन राइजिङ लायन’अन्तर्गत इरानमा धेरै प्रभावकारी आक्रमण गरेको तर अमेरिकी आक्रमण साँच्चै अतुलनीय भएको उनले बताए । अमेरिकाले शनिबार राती गरेको काम संसारको कुनै पनि देशले गर्न नसक्ने पनि उनले भने । राष्ट्रपति ट्रम्पले विश्वको सबैभन्दा खतरनाक शासनलाई विश्वको सबैभन्दा खतरनाक हतियारबाट टाढा राख्न आवश्यक कदम चालेका थिए भने सारा संसारले याद राखने पनि उनले बताए ।
अमेरिकी सेनाले इरानको आणविक सुविधा ध्वस्त पारेको शनिबार राति अमेरिकालाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए । इरान अब शान्तिको बाटोमा फर्कनु पर्ने पनि यस क्रममा उनले बताएका थिए । ट्रम्पले आफ्नो साहसिक निर्णयले इतिहास बदल्ने नेतन्याहूले बताए । शान्ति शक्तिबाट आउने कुरा आफू र ट्रम्प दुबैले भन्दै आएकोमा पनि उनले जोड दिए । ‘पहिले शक्ति आउँछ, त्यसपछि शान्ति आउँछ ।’ उनले भने ।
