काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावको कारण इरानमा रहेका नेपालीहरुको उद्दारको लागि पहल थालिएको छ । तर, नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधअनुसार अब भारतीय मिसनको पहलमा नेपालीहरु पनि नेपाल आउने भएका हुन् ।
यतिवेला भारतीय मिसन इरानमा पुगेको छ । नेपाल सरकारले गरेको आग्रहअनुसार भारतीय विशेष विमानमार्फत नेपालीहरु पनि फकाईने भएको हो । नेपालसँगै श्रीलंका पनि आफ्ना नागरिक फर्काउनको लागि भारतसँग सहयोग मागेको जनाईएको छ
