कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ८२ करोड विनियोजन

खोटाङ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङमा ८२ करोड २२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । एक वर्षे तथा बहु वर्षे गरी १५१ वटा योजना सञ्चालन गर्न सो बजेट विनियोजन गरेको हो । 

भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम सात लाखदेखि १० करोड रुपैयाँसम्मका योजनाका लागि बजेट विनियोजन गरेको छ । 

जिल्लामा प्राप्त योजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

कोशी प्रदेश सरकारले आगामी आव २०८२/८३ का लागि असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरे पनि जिल्लागत बजेट भने बिहीबारमात्र सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *