सदनमा रास्वपाका सांसदहरुको विरोधको स्वरूप फेरियो, अब नाराबाजी नगर्ने

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आजपनि सदनमा विरोध गरिरहेका छन् । तर, आज भने उनीहरु संसद्मा पलेटी कसेर बसेका छन् । यसअघि नाराबाजीमा उत्रिएका उनीहरुले आज भने नाराबाजी गरेका छैनन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलपछि यस्तो सहमति बनेको बताईन्छ । संसद्को नियमित प्रक्रिया जारी रहेको बेलामा नाराबाजी र होहल्ला आजपनि कायम गरिए बैठक कक्षाबाट निकाल्ने चेतावनी दिएपछि रास्वपाका सांसदहरु आज नाराबाजी नगरी पलेटी कसेर बसेका छन् ।

यसअघि उनीहरुले मानव तस्करी बन्द गर, गृहमन्त्री राजीनामा दे, जनता बेच्न पाईँदैनजस्ता नारा लगाउने गरेका थिए । भिजिट भिसा प्रकरणमा छानबिन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामालाई रास्वपाले बटमलाईन बनाएको छ । उता, पाँचौ ठूलो दल राप्रपाले भने संसद् बैठक बहिष्कार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *