उच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किए महानगर प्रहरी बलका प्रमुख पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका छन् । निलम्बनमा परेका उनी उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएर काममा फर्किएका हुन् ।

कार्यलय प्रवेशमा अवरोध गरेको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाको लागि निलम्बन गरेका थिए । उच्च अदालत पाटनले पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएपछि उनी काममा फर्किएका हुन् ।

पाण्डेले आज बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *