सांसद भट्टचनको पहलमा मुस्ताङमा दुइटा झोलुङे पुल बन्ने

काठमाण्डौं । प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङको लोघेकर दामोदरकुण्ड पदमार्गको भर्सा खोला र मुस्ताङको थासाङ गाउँपालिका—२ को (नाउरिकोट—गुरुसाङ्वो) गुफा जोड्ने २ वटा झोलुङे पुल निर्माण हुने पक्का भएको छ ।

अर्थ मन्त्रालयले मुस्ताङको महत्वपूर्ण प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड तिर्थस्थल जाने पदमार्गको भर्सा खोला र थासाङ गाउँपालिक—२ को नाउरिकोट —गुरुसाङ्वो गुफा जोड्ने झोलुङे पुल निर्माण गर्न आर्थिक वर्ष २०८२/०८३ का लागि ६ करोड बजेट विनियोजन भएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग, संस्पेन्सन ब्रिज डिभिजन कार्यालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड पदमार्गको भर्सा खोला र थासाङ गाउँपालिका—२ को प्रसिद्ध धार्मिक स्थल गुरुसाङ्वो गुफा जाने (नाउरिकोट—गुरुसाङ्वो) झोलुङे पुल निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

यसअघि चालु वर्षको कात्तिकमा माननीय देवी प्रकाश भट्टचनसहित संस्पेन्सन ब्रिज डिभिजन कार्यालयका ईन्जिनीयर तथा प्राविधिक टोली झोलुङे पुल निर्माणका लागि डीपीआर सर्वे गर्न हेलिकोप्टर मार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ को भर्सा खोला र थासाङ गाउँपालिकाको नारिकोट—गुरुसाङ्वो गुफा क्षेत्रमा पुगेका थिए ।

लोघेकर दामोदरकुण्ड धार्मिक स्थल जाने पलमार्गको भर्सा खोला समुन्द्री सतहदेखि ५१०७ मिटर अग्लो उचाईमा अवस्थित छ । यहाँ झोलुङे पुल निर्माण भएमा दामोदरकुण्ड जाने तिर्थ यात्रीहरूलाई करिब ४ घण्टाको पैदल दुरी छोटिने छ ।

यसैगरी, मुस्ताङको थासाङ—२ मा पर्ने गुरुसाङ्वो गुफा जाने सडकको पैदल दुरी घटाउन पुल निर्माणका लागि जोड दिएको सांसद भट्टचनले बताए । बाग्लुङ र मुस्ताङको विकासका लागि भट्टचनले संघीय सरकारका विभिन्न मन्त्रालयमार्फत बजेट लैजान निरन्तर सक्रियता जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *