हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानीको औल बस्तीमा गए राति भएको आगलागीले आठ घर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय विर्ख रावतको गोठबाट सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय धनबहादुर रावतले बताए। उनले भने, ‘आगो कसरी लाग्यो भन्ने यकिन भएको छैन।

सुरुमा आगलागी भएको गोठका मालिक विर्ख रावतको परिवार लेख बस्तीमा बस्छ।’ सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगी आगो नियन्त्रणमा जुटेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।

आगलागीले विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर जलेर नष्ट भएको छ। आगलागीबाट अन्न, भाँडाकुँडा, लत्ताकपडा, नागरिकता, लालपुर्जा, अन्य कागजात र नगद समेत जलेर नष्ट भएको पीडित धनबहादुरले बताए। मानवीय क्षति भने भएको छैन। प्रहरीका अनुसार आगो पूर्ण नियन्त्रणमा आएपछि मात्र क्षतिको विवरण यकिन हुनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *