दुई तिहाईको शक्तिशाली सरकारले आम अपेक्षाविपरित बजेट ल्यायो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले दुई तिहाईको शक्तिशाली सरकारले आम अपेक्षाविपरित बजेट ल्याएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । पाण्डेले बजेटको ओरिएण्टेशन नै गलत भएको टिप्पणी गरे ।

उनले सरकारले ल्याएको अहिलेको बजेट आयातमुखी, उद्योगमैत्री नभएको आरोप लगाए । उनले अहिलेको बजेटलाई व्यापारी र सरकारबीचको सम्झौतको दस्तावेजको संज्ञा दिए । उनले भने,‘बलियो सरकारको अति कमजोर, समाजवाद भनेर नथाक्ने पार्टीहरुको झिलिमिली प्रकट भएको छ ।’ अहिलेको सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने बजेट नै ल्याउन नसकेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *