धादिङको गल्छीमा दुई हाइस आपसमा ठोक्किँदा १२ जना घाइते

मलेखु (धादिङ) । गल्छी गाउँपालिका–६ भल्टारस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् ।

बिहीबार अपराह्न करिब ४ः४५ बजे लमजुङबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ६९४ नम्बरको हाइस र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश०१–००६ख ७१४१ नम्बरको हाइस एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा परी दुवै गाडीबाट ६–६ जना गरी कुल १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए । घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ रेफर गरिएको सूचना अधिकारी हमालले जानकारी दिए ।

घटनास्थलमा प्रहरी निरीक्षक चरीबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् भने सडक अवरुद्ध नभएको जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *