नेपाल रिपब्लिक मिडियाले भन्यो : परराष्ट्रमन्त्री राणाले दिएको धम्कीप्रति गहिरो खेद प्रकट गर्दछौं

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दिएको धम्कीप्रति गहिरो खेद प्रकट गरेको छ । उक्त मिडियाले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै मन्त्री राणाले समाचारलाई लिएर धम्की दिएको जनाईएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘मन्त्री राणाले निर्देशक ज्ञवालीलाई बिहीबार दिउँसो १ः५३ बजे आफ्नो निजी सहायक कमल रावलको ह्वाट्सयपबाट टेलिफोन गरी मिडिया र यसका सञ्चालकहरुलाई धराशयी गराईदिने धम्की दिनुभएको छ । महिला उद्यमी महासंघको अध्यक्षसमेत रहेका ज्ञवाली आफ्नो कार्यालय विशालनगरतर्फ गइरहेको बेला करिब चार मिनेट लामो टेलिफोनका क्रममा धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको छ ।’

पत्रकार दिलभुषण पाठकले हिल्टन होटलको सेयरसम्बन्धी समाचारमा आफूलाई मुछेको भनी परराष्ट्रमन्त्री राणा र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले दिएको उजुरीको आधारमा काठमाडौं जिल्ला अदालतको पक्राउ आदेश दिएको समाचार नागरिक र रिपब्लिकामा प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *