इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा

तेहरान। इरानको राजधानी तेहरानको उत्तरपूर्वमा विस्फोट भएको छ। सरकारी समाचार एजेन्सी नूर न्यूजले सो बिष्फोटको पुष्टि गरेको हो। इजरायली वायुसेनाले इरानमा हमला गरेको एक्सियोस समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

दुई अज्ञात अमेरिकी अधिकारीहरूले पनि इजरायलले इरानमा आक्रमण गरेको रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्। अधिकारीहरूका अनुसार वाशिंगटनले आक्रमणमा सहयोग नगरेको र थप विवरणहरू दिन अस्वीकार गरेको छ।

इजरायली सेनाले अहिलेसम्म सार्वजनिक रूपमा आक्रमणको पुष्टि गरेको छैन। तर एक्सको एक पोष्टमा सेनाले इजरायलको नागरिक र सार्वजनिक सुरक्षा दिशानिर्देशहरूलाई ०३ः०० आवश्यक गतिविधिमा परिवर्तन गरिएको घोषणा गरेको छ।

इरान इन्टरनेशनलले केही तस्विरहरू सार्बजनिक गरेकाे छ, जहाँ घरमाथि लक्षित गरेर साे बिष्फाेट गराइएकाे हाे। विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *