बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोडको स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले गत असोजमा आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोबाट क्षति भएका सडक र पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

२६ वटा आयोजनामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *