मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको उपचार जारी छ । छातीको संक्रमण भएपछि बैद्य त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार गराईएको छ । उनी जेठ १८ गतेदेखि उपचाररत छन् ।

बैद्यका भाञ्जासमेत रहेका पत्रकार प्रशान्त वलीले अहिले आइसियुमा राखेर उपचार गराइएको छ । वलीका अनुसार बैद्यको उपचारमा डक्टर निरज बम खटिएका छन् । अहिले अवस्था स्थिर छ । यसअघि पनि बैद्य अस्पतालमा लामो समय उपचार गराएर घर फर्किएका थिए । उनलाई दमको रोग छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *