विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गरेर सदन अवरोध गरिरहेका विपक्षी दलहरु नयाँ रणनीति बनाउनको लागि छलफलमा जुटेका छन् । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठक अहिले संसद् भवनमा रहेको प्रचण्डको च्याम्बरमा जारी छ ।

यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतकहरुसँग सदनको अवरोध खुलाउनको लागि छलफल गरेका थिए । सभामुखसँगको छलफलमा कांग्रेस र एमालेले विपक्षीहरुको माग पूरा गर्न नसकिने अडान दोहोर्याएका छन् ।

उता, माओवादी केन्द्रले भने आफूहरुको पनि अडान कायमै रहेको जवाफ दिएको छ । अहिले प्रचण्डको कार्यकक्षमा जारी छलफलमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र आजपाका नेताहरु सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *