झापामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका असई राजवंशीको मृत्यु

काठमाडौँ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक निरीक्षक (सई) को मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका-४ बस्ने ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार शनिबार साँझ ७:५५ बजे कमल गाउँपालिका-३ स्थित सानो केर्खामा उनी सवार प्र १-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएका थिए । उपचारको क्रममा राती ९:१० बजे मृत्यु भएको हो । 

उनी घर बिदा पूरा गरी ब्यारेकतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। उनी हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *