प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित, अर्को बैठक आइतबारलाई बोलाइयो

काठमाडौं । आज (शुक्रबार) दिउँसो १ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समिति गठन र प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेर विपक्षीले सदन अवरोध जारी राखेका छन् ।

आजपनि सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेन । आजको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित् गरिएको हो । विपक्षीहरुले आजको बैठक नराख्न कांग्रेसलाई आग्रह गरेका थिए । आजको बैठकमा भ्रष्टाचारको मुद्दा लागेका माधव नेपालको सांसद पद निलम्बनको सूचना पढेर सुनाउने तयारी गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *