मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे नियत नै हो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो राजनीतिक करियर समाप्त पार्ने नियतका साथ लागिपरेको बताएका छन् । आफूविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

उनी यतिवेला गृहजिल्ला रौतहटमा छन् । रौतहटमा रहेको बेलामा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओली आफूविरुद्ध सुरुदेखि नै लागेको दाबी गरे । उनले भने,‘मेरो राजनीतिक क्यारियरलाई समाप्त पार्ने उहाँको नियत नै हो । म अहिले कसैमाथि पनि आरोप लगाउन चाहन्नँ । आरोप लगाउनु उचित हुँदैन् । म आँफै कुनैपनि खराब नियतबाट भ्रष्टाचार गरेर आदेश दिने काम म बाट भएको छैन् । त्यस्ता कुराको म विरोधी हो ।’

आफूविरुद्ध प्रधानमन्त्री ओलीको सिधा निर्देशनबाट नै मुद्दा दायर भएको दाबी गरे । उनले ओली बदलाको भावनाबाट प्रेरित रहेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *