काठमाडौं । भ्रष्टाचारको मुद्दा दायर भएसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । अख्तियारले आज पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको हो ।
एक महिना नबित्दै अर्को सांसदको पद निलम्बनमा परेको हो । यसअघि टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको थियो ।