काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र सम्बन्धी अवरुद्ध भएको सेवा बुधबारदेखि पुनः सुचारु भएको जानकारी दिएको छ।
गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा प्राविधिक समस्या आएपछि मर्मत कार्यका लागि केही सेवाहरू रोकिएका थिए।
नयाँ ईनरोल गर्दा प्राप्त हुने राष्ट्रिय परिचय नम्बर (एनआईएन) लाई प्रणालीले प्रमाणीकरण गर्ने कार्यमा अवरोध आएकोमा मर्मत कार्य पूरा भएपछि बुधबारदेखि उक्त सेवा पूर्ववत् रूपमै सञ्चालनमा आएको हो।
विभागका निर्देशक कमल प्रसाद पाण्डेद्वारा जारी सूचनामा सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमा समेत मागेको छ।

