बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

संखुवासभा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने बराहक्षेत्र नगरपालिका-१ घर भएका ३३ वर्षीय पंकज साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा धरान उपमहानगरपालिका-१७ बाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत संखुवासभाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *