मुक्तिनाथमा लेक लागेर तीर्थयात्रीको मृत्यु

पोखरा । मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको छ ।

मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको सङ्ख्या ३ पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *