तोलामा सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *