सांघाई विश्वविद्यालयमा अध्ययन गरेका ९८ नेपालीको उपाधिमाथि छानबिन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भारतको मणिपूर राज्यको सांघाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गरेका ९८ जना नेपाली विद्यार्थीको शैक्षिक उपाधिमाथि छानबिन सुरु गरेको छ । त्रिविले सोमबार सार्वजनिक सूचनामार्फत ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको हो ।

सूचनामा भनिएको छ, प्रस्तुत विषयमा भारतको मणिपूर राज्यको Sangai International University लाई भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ को सार्वजनिक सूचनाले विश्वविद्यालयको सूचीबाट हटाई सो विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीको लागि अवैध घोषणा गरेकाले सो विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिको तपसिलमा उल्लेखित तपाईहरुको नाममा यस केन्द्रबाट जारी गरी प्रदान गरिएका समकक्षता पत्रहरु छानविन भइरहेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षतापत्रकोे सक्कल प्रति तथा आफूले प्राप्त गरेको उल्लेखित शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने कुनै आधार प्रमाण भए सो सहित यस केन्द्रमा लिखित रुपमा पेश गर्नुहोला । तोकिएको समयभित्र प्रमाणसहित पेश नभएमा उल्लेखित समकक्षता त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम हुने व्यहोरा सूचित गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *