गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो (तस्बिरहरु)

काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीका पक्की घरहरुमा डोजर चलाएको छ ।

गत शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको थियो भने पक्की घरहरु बाँकी राखेको थियो ।

सोमबार बाँकी रहेको उक्त पक्की घरहरु डोजरको प्रयोगगरी भत्काइएको हो ।

शनिबार नै थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *